एक दम्पत्ति घरभित्रै मृतावस्थामा भेटिए

२०७९, १० श्रावण मंगलवार १०:४४

नेपालगञ्ज: नेपालगञ्जको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पति आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् । मृतावस्थामा भेटिएका दम्पति २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार सुतिरहेको अवस्थामा फेला परेका दम्पतिमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । सो दम्पतिको विवाह भएको एक वर्ष भएको बताइएको छ ।

‘घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ’, प्रनाउ न्यौपानेले भने। उनले घटना शङ्कास्पद भएको उल्लेख गर्दै शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको बताए । घरमा सुतेर बिहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु