इन्धनको मुल्य घटेसङ्गै सार्वजनिक यातायातको भाडा घट्यो

२०७९, १२ असार आईतवार १३:१८

सरकारले इन्धनको मूल्य घटाएसङ्गै सार्वजनिक यातायात तथा ढुवानीको भाडा समायोजन गरिएको छ।

यातायात व्यवस्था विभागका अनुसार न्यूनतम ५.४१ प्रतिशतदेखि ७.६८ प्रतिशतसम्मले भाडा घटाइएको हो । आयल निगमले शनिबार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजलमा प्रतिलिटर २९ रुपैयाँले मूल्य घटाएको थियो ।

विभागका अनुसार असार १२ गतेदेखि लागू हुने गरी यात्रुबाहक सवारी साधनको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.९७ प्रतिशत र तराईंको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ७.६८ प्रतिशतले घटाएको छ । स्वचालित भाडादर अनुसार इन्धनको मुल्यमा ५ रुपैयाँ भन्दा धेरै घटी वा बढी भएमा भाडामा समायोजन गर्ने गरिएको छ ।

Comments

ताजा खबर