बिर्तामोड–३ मा सुत्केरी महिलालाई पोषण कार्यक्रम : वडाध्यक्ष बुढाथोकी

२०७९, १२ जेष्ठ बिहीबार ०६:२६

बिर्तामोड । बिर्तामोड नगरपालिका–३ भित्रका सुत्केरी महिलाका लागि पोषण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

बुधबार पदभार ग्रहण गर्दै बिर्तामोड नगरपालिका–३ का नवनिर्वाचित वडाध्यक्ष मदन बुढाथोकीले सुत्केरी महिलाहरुलाई १५ सय रुपैयाँ बराबरको पोषिलो आहार प्रदान गरिने घोषणा गरे । वडाध्यक्ष बुढाथोकीले जन्मदर्ता ३५ दिनभित्रै गर्ने सुत्केरीलाई सो सुविधा प्रदान गरिने बताए । निम्न वर्गीय परिवारलाई लक्षित गरी सुत्केरी पोषण कार्यक्रम वडाको पहिलो निर्णय भएको उनले जानकारी दिए । रु १५०० बाट शुरु गरी पछि त्यसलाई बढाउँदै लगिने उनको भनाई छ ।

पछिल्लो समय युवापुस्ता लागूऔषधको कुलतमा फस्दै गएकाले २४ वर्ष मुनिका युवालाई लक्षित गरी दुव्र्यसन न्यूनीकरण र रोजगारमूलक कार्यक्रम ल्याइने उनले योजना सुनाए । वडाका सुकुम्बासी र मजदुरहरुको समस्यालाई पहिलो प्राथमिकतामा राखेको बताउने बुढाथोकीले यसअघिका जनप्रतिनिधिहरुले संचालन गरेका राम्रा कामलाई यथावत राख्ने र केही परिमार्जन गर्ने जानकारी दिए । उनले जनप्रतिनिधि शासक नभएर सेवक भएकाले जनताको सेवामा जस्तोसुकै अवस्थामा पनि तल्लिन रहने दृढता ब्यक्त गरे ।

सबै पार्टीको साथ र सहयोगले मात्रै वडाको विकास सम्भव रहेकाले पार्टीभन्दा माथि रहेर नागरिकको सेवामा सर्मपित हुने उनले प्रतिबद्धता समेत जनाए । वडा कार्यालयमा आएका सेवाग्राहीले आफ्नै कार्यालय जस्तो सम्झेर कानुनी प्रक्रिया पुरा गरेका कुर्नैपनि विषय वडाका नरोकिने बताए । उनले जनप्रतिनिधि शासक नभएर सेवक भएकाले जनताको सेवामा जस्तो सुकै अवस्थामा पनि तल्लिन रहने दृढता ब्यक्त गरे ।

वडा सचिव भीम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका कुमार बुढाथोकी , राप्रपाका लक्ष्मी ढकाल , अनारमनी पव्लिक क्याम्पसका क्याम्पस प्रमुख मोहन शिवाकोटी , बिर्ताबजार टोल विकास संस्थाका अध्यक्ष पदम प्रसाई , त्रिवेणी टोल विकास संस्थाकी अध्यक्ष जानुका थापा मगर , दरबार चोक टोल विकास संस्थाका अध्यक्ष छविराम आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए । कर्मचारी रेनुका मिश्रले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन बसन्त ढकालले गरेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु