बगनासकालीमा चार महिलाको उम्मेदवारी, कसले मार्ला बाजी

२०७९, १३ बैशाख मंगलवार १६:१०

पाल्पा, १२ वैशाख । जिल्लाको बगनासकाली गाउँपालिका यतिबेला चर्चामा छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनका लागी बगनासकाली गाउँपालिकाको अध्यक्षमा ४ महिला सहित ७ जनाले मनोनयन दर्ता गरेका छन् ।
गाउँपालिका अध्यक्ष पदका लागि नेकपा एमालेबाट सरस्वती चिदी, नेपाली काङ्रेसबाट सुनिता अधिकारी, स्वतन्त्र उमेद्वार अम्बिका पान्डे र जसपाबाट मिना कुमारी गाहासमेत ४ जना महिला उम्मेदवार रहेका छन । यस्तै मङोल नेशनल अर्गनाइजेसनबाट टोप बहादुर खाम्चा, जनमुक्ति पार्टीबाट नारायण बहादुर कुँवर र राप्रपाबाट पेउ नारायण न्यौपानेको उम्मेद्बारी परेको <span;>निर्वाचन अधिकृतको कार्यालय बगनासकालीले जनाएकाे छ ।

बिश्लेसकका अनुसार बगनासकाली गाउँपालिकाको प्रमुख पदमा महिलाको उम्मेदवारी परे सङ्गै विभिन्न बहस चलेको छ । कसले बाजी मार्ला भन्ने सबैको जिज्ञासा आउने बैशाख ३० गतेका दिन मतदाताको निर्णयबाट पूरा हुनेछ ।

Comments

ताजा खबर