हमला रोक्न माग गर्दै हजारौँ रुसी जनता सडकमा

२०७८, १४ फाल्गुन शनिबार १७:३१

मस्को: रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हजारौँ रुसी जनता सडकमा उत्रिएका छन् । सामाजिक सञ्जालमार्फत रुसी जनताले भावनात्मक रूपमा प्रर्दशनका लागि आह्वान गर्ने क्रम बढ्दै गइरहेको छ । प्रहरीले रुसका ५४ सहरबाट करिब एक हजार ७०० बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
रुसको राजधानी मस्कोमा मात्र कम्तीमा साढे ९०० जना प्रदशर्नकारी पक्राउ परेका छन् ।
सन् १९७९ मा सोभियत संघले अफगानिस्तानमा गरेको आक्रमणपछि मस्कोले युक्रेनमाथि गरेको अर्को सबैभन्दा भयावह आक्रमण हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन आक्रमणलाई पूर्वीयुक्रेनका सर्वसाधारण जनतालाई आमनरसंहारबाट जोगाउन चालिएको विशेष सैनिक कारबाहीको संज्ञा दिएका छन् ।
अमेरिकाले पुटिनको यस दाबीलाई झुटो बताउँदै पूर्ण चरणको आक्रमणका लागि पृष्ठभूमि तयार पारेको आरोप लगाएको छ । तर, रुसी जनताले पुटिनको कदमलाई अस्वीकार गरेका छन् ।
Global bank
“ब्युँझिएपछि बिहान साढे पाँच बजे युद्धको खबर थाहा पाउँदा सपनाजस्तै लाग्यो । यस्तो अप्रिय घटना सधैँ सम्झनामा रहने भयो,” मस्को निवासी विपक्षी कार्यकर्ता तात्याना उस्मानोभाले आफ्नो फेसबुकमा लेखेकी छन्, “म युक्रेनी जनतासँग क्षमा माग्न चाहन्छु । हामीले युद्ध छेड्नेहरूलाई मत दिएका थिएनौँ ।”
युक्रेनको राजधानी किभलगायत सहरमा साइरन र विस्फोटको आवाज गुन्जिरहेका बेला रुसी जनताले तत्काल क्रेमलिनलाई युद्ध रोक्न खुलापत्रमा हस्ताक्षर गर्न र याचना गर्न व्यस्त छन् ।
राजनीतिक विश्लेषक अव्वास गाल्यामोभले एसोसियटेड प्रेसलाई रुसी जनता यस आक्रमणबाट स्तब्ध रहेको बताएका छन् ।
चर्चित मानवअधिकार अभियन्ता लेभ पोनोमाभ्योभले सुरु गरेको एउटा याचिकापत्रमा केही घन्टामै एक लाख ५० हजारभन्दा बढी हस्ताक्षर संकलन भएको छ । त्यसैगरी, बिहीबार साँझसम्म हस्ताक्षर गर्नेको संख्या तीन लाख ३० हजार नाघेको थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु