काठमाडौं। बैंक तथा वित्तीय संस्थाले भन्सार विभागको नाममा चेक काटन नपाउने भएका छन्। संस्थाहरुले गुड्स फर पेमेन्ट र धरौटी शीर्षकमा बिहीबार (माघ १३ गते)देखि चेक काट्न नपाउने नियम लागू हुने भएको हो।
वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले पुस १६ गते पत्राचार गरी उक्त शीर्षकमा चेक नकाट्न भनिसकेको छ। कारोबार प्रणालीलाई आधुनिकीकरण गर्दै व्यापारलाई थप सहजीकरण गर्न विद्युतीय भुक्तानी सुरु गरेको भन्सार विभागले जनाएको छ ।
अब व्यवसायीहरुले सामाग्री निकासी वा पैठारी गरेवापत बुझाउनुपर्ने राजस्व रकम आफ्नो बैंक खाताबाट राजस्व खातामा विद्युतीय प्रणालीमार्फत जम्मा गर्न सक्ने गरी प्रणाली विकास गरेको छ।
तर माघ १२ गतेसम्म जारी भएका चेकहरुबाट भन्सार राजस्व भुक्तानी गर्न भने कुनै बाधा नपर्ने विभागले जनाएको छ ।
Comments