मिर्मिरे लघुवित्त चम्कियो कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ६१.८७% ले खुद नाफा वृद्धि

२०७८, १२ माघ बुधबार १२:११
काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ६१.८७% ले खुद नाफा वृद्धि गरेको छ । पुस मसान्तसम्म १२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष यसले ७ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा क्रमशः ५८.७१% र ६१.८७% ले सुधार भएपछि खुद नाफा पनि आकर्षक ढंगले बढेको हो । मिर्मिरेको निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ । रिजर्भ कोषमा पनि ११८.२३% थपिएपछि ४४ करोड ८४ लाख रुपैयाँ भन्दा माथि पुगेको छ ।
हाल यसको चुक्ता पुँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ छ । कम्पनीले उक्त पुँजीमा २०% बोनस सेयर वितरण गर्ने घोषणा गरिसकेका कारण पुँजी अझै बढ्ने देखिन्छ । हाल यसको प्रतिसेयर आम्दानी वार्षिक ५५ रुपैयाँ ९१ पैसा छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु