वामदेव गौतमले आफू गुटमा नलागेको भए तत्कालिन नेकपा पार्टी नफुट्‌ने दाबी

२०७९, ११ असार शनिबार १४:५७

काठमाडौँ: नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू गुटमा नलागेको भए तत्कालिन नेकपा पार्टी नफुट्‌ने दाबी गरेका छन् । शनिबार बोल्दै गौतमले आफुलाई पार्टी फुट्‌ने कल्पनासमेत नभएर गुटमा लागेको बताए ।

‘मेरै कारणले तत्कालिन नेकपा पार्टी फुट्यो भन्ने आरोप लगाए । म गुटमा नलागेको भए पार्टी फुट्ने थिएन’ गौतमले भने ‘मैले आत्मआलोचना गरेको छु । मलाई कल्पना पनि थिएन पार्टी फुट्‌छ भनेर ।’ पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने भएपछि आफुले प्रचण्डको गुट पनि छाडेको उनले बताए ।

Comments

ताजा खबर