शिक्षकलाई कडा कारवाहीको माग

२०७९, ११ जेष्ठ बुधबार १७:३७

काठमाडौं: शिक्षकलाई कडा कारवाहीकाे माग गर्दै चाबहिल स्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी सडक उत्रिएका छन् । कलेजका दुई शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले बुधबार पनि प्रदर्शन जारी राखेका छन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुका अनुसार दुई शिक्षकविरुद्ध कारबाहीको प्रत्याभूति नभएसम्म आन्दोलन जारी रहन्छ । यसैबीच, विद्यालयका प्राचार्य पुरुषोत्तम महर्जनले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी हुनेबित्तिकै शिक्षकलाई बर्खास्त गरिएको जानकारी दिएका छन् ।

बिहान ७ बजे कलेजबाट निस्किएको विद्यार्थीको जुलुस प्रहरी वृत्त, गौशालामा आएर धर्नामा परिणत भएको थियो ।

मंगलबार तीन जना विद्यार्थीले कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेलले दुर्व्यवहार गरेको भन्दै प्रहरी वृत्त, गौशालामा किटानी जाहेरी दिएका छन् । साेही जाहेरीका आधारमा उनीहरुलाई अनुसन्धानका लागि अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको गौशाला प्रहरी वृतका डीएसपी केशव भट्टराईले बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु