मेचीनगरमा बुढाथोकी र उप्रेतीले गरे एमालेबाट प्रमुख र उपप्रमुखमा उम्मेद्वारी दर्ता

२०७९, १२ बैशाख सोमबार १९:५८

मेचीनगर,  नेकपा एमालेका तर्फबाट मेचीनगरको प्रमुखमा गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मिना उप्रेतीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । ठुलो संख्यामा कार्यकर्ताहरु माझ आज अपरान्ह नगर निर्वाचन अधिकृतको कार्यालयमा पुग्नु भएका एमालेका उम्मेद्वार बुढाथोकी र उप्रेती सहित वडा अध्यक्ष र सदस्यहरुले उम्मेद्वारी दर्ता गराउनु भएको हो ।

प्रदेश सांसदबाट राजीनामा गरी नगरप्रमुखका उम्मेद्वार हुनु भएका बुढाथोकी एमाले प्रदेश कमिटि सदस्य हुुनुहुन्छ भने उपप्रमुख प्रमुखमा उम्मेद्वारी दर्ता गराउनु भएकी उप्रेती एमाले केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज हुनुहुन्छ । उप्रेती यस अघि पनि मेचीनगरको उपप्रमुख नै हुनुहुन्थ्यो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु