मेचीनगरमा काँग्रेसबाट प्रमुखमा इन्द्रबहादुर बुढाथोकीले गराए उम्मेद्वारी दर्ता

२०७९, १२ बैशाख सोमबार १९:५२
झापा, नेपाली काँग्रेसका तर्फबाट मेचीनगर नगरपालिकाको प्रमुखमा इन्द्रबहादुर बुढाथोकीले उम्मेद्वारी दर्ता गराउनु भएको छ । प्रदेश समिति र केन्द्रिय समितिले फरक फरक उम्मेद्वारी निर्णय गरे पछि अन्योल भएको मेचीनगर प्रमुखमा केन्द्रिय समितिले निर्णय गरेको बुढाथोकीलाई नै निर्वाचन आयोगले आधिकारीक उम्मेद्वार हुने बताए पछि बुढाथोकीको मात्रै उम्मेद्वारी दर्ता भएको हो।

काँग्रेसको प्रदेश समितिले केशवराज पाण्डेलाई मेचीनगरको प्रमुखमा उम्मेद्वार बनाउने निर्णय गरेको भए पनि केन्द्रिय संसदिय बोर्डले पाण्डेको टिकट रद्द गर्दै बुढाथोकीलाई आधिकारीक उम्मेद्वारका रुपमा चयन गरेको थियो ।उम्मेद्वारी दर्तामा केही अन्योल भए पनि पार्टीका तर्फबाट आधिकारीक उम्मेद्वार दर्ता भइसके पछि अन्य बिषय आन्तरिक छलफलबाट समाधान हुने प्रमुखमा उम्मेद्वारी दर्ता गराउनु भएका बुढाथोकीले प्रतिक्रिया दिनु भयो । पार्टी केन्द्रले गरेको निर्णयलाई सम्मान गर्दै आफुले उम्मेद्वारी दर्ता नगरेको काँग्रेस झापाका उपसभापति समेत रहनु भएका पाण्डेले बताउनु भयो ।

नगरप्रमुखमा उम्मेद्वारी दर्ता गराएका काँग्रेस झापा क्षेत्र नं. १ का सभापति समेत रहनु भएका बुढाथोकी काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पक्षका हुनुहुन्छ भने प्रदेश समितिले निर्णय गरेका पाण्डे नेता कृष्णप्रसाद सिटौला पक्षका हुनुहुन्छ ।

 

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु