माअ‍ोवादी केन्द्रका दुई पक्षबीच झडप, स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्यास प्रहार

२०७९, १२ बैशाख सोमबार १९:२७

काठमाडौं: सिन्धुपाल्चोकमा नेकपा माअ‍ोवादी केन्द्रका दुई पक्षबीच झडप भएको छ । जिल्लाको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो ।

काठमाडौंमा बस्नेलाई टिकट दिएको भन्दै आक्रोशित युवा र अर्को समूहबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्यास प्रहार गरेको हो । जिल्लाका शीर्षस्थ नेताहरुमाथिनै आक्रमणको खबरसँगै सुरक्षास्थिति नियन्त्रणमा लिन सेना सडकमा निस्किएको हो । सेनाले भने निर्वाचन कार्यालय सुरक्षाका लागि नियमित कायम अनुसार परिचालित भएको जनाएको छ ।

माओवादी आधार इलाका मानिने साँगाचोकगढी चौतारा नगरपालिकाको मेयरमा बहालवाला मेयर अमानसिंह तामाङलाई नदिई सापकोटालाई दिइएको भन्दै कार्यकर्ता आक्रोशित थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु