कञ्चनपुरमा एक्लै चुनाव लड्दै नेपाली कांग्रेस

२०७९, १२ बैशाख सोमबार १२:४२

धनगढी – कञ्चनपुरमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएको छ । तीन दलीय गठबन्धनमा सहमति नजुटेपछि नेपाली कांग्रेस गठबन्धनबाट अलग भएको हो ।

गएराति अबेरसम्म बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले पालिका विभाजनमा सहमति गर्न नसक्दा कांग्रेस बाहिरियो भने अन्तमा दुई दलीय गठबन्धन गर्ने निर्णय भएको हो ।

दुई दलीय गठबन्धनमा पाँच पालिकामा माओवादीलाई र चार पालिकामा समाजवादीलाई भागबण्डा गरिएको प्रमुखको जिम्मेवारी तोकेको एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवनराज थापाले जानकारी दिए ।

दहरुलाई आजै उम्मेदवारको टुंगो लगाएर मनोनयन गरिसक्नुपर्ने छ । आज बेलुका ५ बजेसम्म मात्रै मनोनयन दर्ता गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । गठबन्धनकै लागि समय खर्च हुँदा दलहरुले उम्मेदवार सार्वजनिक गर्न सकेका थिएनन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु