चन्द्रगिरी माइक्रो बसमा मोटरसाइकल ठोकियो

२०७८, १३ फाल्गुन शुक्रबार ११:१९

काठमाण्डौ: काठमाण्डौको चन्द्रगिरी नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा बिहीबार राति मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक २६ बर्षीय आकाश रानाभाट रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकी स्थित शहिद मेमोरियल अस्पतालमा राती साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

चेकपोष्टबाट चन्द्रागिरी जाँदै गरेको प्रदेश ३, ०२, ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडक छेउमा रोकी राखेको बा २ ख ७०४९ नम्बरको माइक्रो बसमा ठोकिएको थियो।

दुर्घटनामा संलग्न मोटरसाइकल र माइक्रो बसका चालकलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु