ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पहिलो पटक नेपालमा भेटियो

२०७९, ७ कार्तिक सोमबार ०७:४१

पाल्पा । बिश्वका विभिन्न देशहरुमा तिब्र रुपमा फैलिएको कोभिड-१९ को सबभेरियन्ट एक्सबीबीको संक्रमित नेपालमा पहिलो पटक भेटिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिनोमिक पहिचान गर्दा ओमिक्रोनको सबभेरियन्ट एक्सबीबी पहिलो पटक पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशका विभिन्न भागहरूबाट साउन २१ देखि असोज १४ सम्म कोभिड-१९ संक्रमितबाट संकलित नमूना छनोट गरी जिनोमिक पहिचान एक्सबीबी फेला परेको मन्त्रालयले जनाएको छ। कोभिड-१९ को संक्रमण बढेको बताउदै जनस्वास्थ्यका मापदण्ड पालन गर्न मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सर्वसाधारण लाई मास्क लगाएर हिड्न पनी आग्रह गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु