रातको ९ बजे सम्म देउसीभैलो खेल्न पाइने

२०७९, ७ कार्तिक सोमबार ०७:३०

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले देउसिभैलो खेल्ने समय सिमा तोकेको छ । प्रशासनले तिहारका बेला राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न अनुरोध गरेको छ । यस्तै जुवा तास तथा काैँडा खेल्न प्रतिबन्ध लगाएकाे छ । तिहारका बेला कौडा, जुवा तासका खेल हुन सक्ने भन्दै प्रशासनले त्यस्ता गतिबिधिमा प्रतिबन्ध लगाएकाे हाे । तिहार, छठ तथा नेपाल संवत् जस्ता चाडपर्वका बेला कानुन विपरीतका खेल कौडा तथा तास नखेल्न प्रशासनले सूचना निकालेर पाल्पाबासीमा अनुरोध गरेको हो।

राति ९ बजेपछि देउसीभैलो खेल्न र देउसीभैलो खेल्दा घरबेटीको स्वीकृति लिन प्रशासनले आग्रह गरेको छ। बजारमा देखिएका प्लास्टिकका माला समेत प्रयोग नगर्न आह्वान गर्नुभएको छ। कानुन विपरीतका कार्य गरे कारबाही गरिने पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त द्वारा जारी सूचनामा उल्लेख छ । आतसबाजी, पटका जस्ता विष्फोटक पदार्थको किनबेच, ओसारपसार र प्रयोग नगर्न प्रशासनको आग्रह छ।

Comments

ताजा खबर