बाँझो जग्गामा सामूहिक र सहकारी खेती

२०७९, १० जेष्ठ मंगलवार २१:०४

काठमाडौँ: सरकारले बाँझो जग्गामा सामूहिक र सहकारी खेतीमा प्रोत्साहन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँझो जग्गामा सामूहिक र सहकारी खेती गरिने बताएकी छिन् । आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले बाँझो जग्गा सदुपयोग गरी मूल्य श्रृंखलामा आधारित सामूहिक तथा सहकारी खेतीलाई प्रोत्साहन गरिने बताइन् ।

त्यस्तै, धान मकै आलु, प्याज स्याउ लगायत बढी आयात हुने वस्तुको उत्पादन बढाउन विशेष खेती गरिने उनले जानकारी दिइन् । बिउबिजनमा आत्मानिर्भर, वातावरण मैत्री स्थानीय बिउ बिजनको विकास र अनुसन्धानमा जोड दिई अर्गानिक खेतीमा प्रोत्साहन गरिने उनले घोषणा गरिन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु