प्रथम एनआरएनए रनिङ कप २०२२ मा ३५ टिम सहभागी हुने

२०७९, १० जेष्ठ मंगलवार १०:२०

जापान । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा हुने प्रथम एनआरएनए रनिङ कप २०२२ को टाईसिट सार्वजनिक भएको छ ।

जापानको टोकियोस्थित फुजीमोरी फुट्सल पार्कमा अर्कों हप्ता मे २९ तारिख आइतबार आयोजना हुने प्रतियोगितामा कुल ३५ समूह सहभागी हुने एनआरएनए जापानका युवा संयोजक राकेश रम्बाले जानकारी दिनु भयो ।

एनआरएनए जापानको ईतिहासमै संस्थागतरुपमा आयोजित पहिलो फुट्सल प्रतियोगिता २९ तारिख बिहान ९ बजेबाट सुरु हुने एस प्रतियोगितामा प्रथम एनआरएनए फुट्सल रनिङ कप २०२२ मा प्रथम हुने टोलीलाई ५ लाख येनसहित कप र रनिङ सिल्ड दिईने छ भने त्यसैगरी दोस्रो हुने टिमलाई २ लाख ५० हजार र कप, तेस्रो हुने टिमलाई ७० हजार येन र कप तथा अन्य विभिन्न विधामा पुरस्कार दिइने एनआरएनए जापान खेलकुद संयोजक नमस्ते गुरुङले जानकारी दिनुभयो ।

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु