आज काठमाडौं महानगरको मेयरमा १६, उपमेयरमा १७ को उम्मेदवारी

२०७९, ११ बैशाख आईतवार २०:०७

काठमाडौं: आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबारदेखि उम्मेदवारी दर्ता सुरु गर्यो । काठमाडौं महानगरको मेयर पदमा आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म १६ जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष १२ र महिला ४ जना रहेका छन् ।

त्यस्तै उपमेयर पदमा १७ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्ष र वडा सदस्यमा भने क्रमशः २३ र ७ जनाको उम्मेदवारी परेको छ ।

पहिलो दिन ठूला देलका नेताहरु उम्मेदवारी दर्ताका लागि आयोगमा देखिएनन् । मनोनयन दर्ता गराउन भोलिसम्मको समय तोकिएको छ।

क –कसको पर्यो उम्मेदवारी ?

मेयरमा–

१. आनन्द राज जोशी
पार्टी– राष्ट्रिय यथार्थवादी नेपाल

२. रविकान्त मानन्धर
स्वतन्त्र

३. राजन कार्की
स्वतन्त्र

४. बालेन्द्र शाह
स्वतन्त्र

५. समीक्षा बाँस्कोटा
पार्टी– विवेकशील साझा

६. सुरेशरत्न बज्राचार्य
पार्टी– आधुनिक नेपाल समाजवादी पार्टी

७. रामबहादुर खड्का
पार्टी– नेपाल समावेशी पार्टी

८. सिता तामाङ
पार्टी– मंगोल नेपाल अर्गनाइजेसन्

९. मनोजराज आचार्य
पार्टी– मौलिक जरोकिलो के.स

१०. ज्ञानु लामा तामाङ
स्वतन्त्र

११. सुमन सायमी
स्वतन्त्र

१२. अमोट महर्जन
स्वतन्त्र

१३. विपिनराज बैद्य

१४.​ सुर्य थापा श्रेष्ठ

१५. डिल्लीराम राजभण्डारी

१६. जेठा महर्जन

उपमेयरमा–

१. गुणबहादुर बञ्जरा
पार्टी– अधुनिक नेपाल समाजवादी पार्टी

२. कीर्ति तुलाधार
पार्टी– विवेकशील साझा पार्टी

३. विद्या श्रेष्ठ महर्जन
स्वतन्त्र

४. अमरबहादुर खत्री
स्वतन्त्र

५. विश्वविजय श्रेष्ठ
स्वतन्त्र

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु