गठबन्धनबीच सहमति,बिर्तामोडको मेयर कांग्रेस र उपमेयर माओवादी भागमा

२०७९, ११ बैशाख आईतवार १३:२३

झापा, बिर्तामोड- नगरपालिकाको मेयर नेपाली कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।

मनोनयन दर्ताको अघिल्लो दिनको राति बसेको गठबन्धन दलको बैठकले बिर्तामोड नगरपालिकाको मेयर कांग्रेसलाई र उपमेयर माओवादीलाई दिने निर्णय गरेको माओवादीका जिल्ला सहइन्चार्ज सीपी कडरियाले बताए । झापामा चारदलीय गठबन्धनले भागवन्डा मिलाएको हो । त्यस्तै जिल्लाका अरु पालिकाको प्रमुख र उपप्रमुखको भागबन्डा पनि करिव टुंगिसकेको छ । आज बिहान फेरि छलफल बसेर वडासहितको अन्तिम निर्णय गरिने उनले जानकारी दिए । नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेबेले पनि गठबन्धनबीच सहमति भइसकेको जानकारी दिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु