बिर्तामोडको वडाध्यक्षमा टुंगो मेयरमा प्रसाई र उपमेयरमा संग्रौला उम्मेदवार

२०७९, ११ बैशाख आईतवार १३:०२

बिर्तामोड नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार नेकपा एमालेले टुंगो लगाएको छ

आन्तरिक निर्वाचनमा कार्यकर्ताको सर्वाधिक मत ल्याउने पवित्रा महतारा प्रसाईलाई मेयर र नगेन्द्र संग्रौलालाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको हो । आफूलाई मेयरको टिकट दिने टुंगो लागिसकेको प्रसाईले बताइन् ।

त्यस्तै वडाध्यक्षमा वडा नं १ मा अग्निप्रसाद पाण्डे ,२ मा किशोर पौडेल , ३ मा मदन बुढाथोकी , ४ मा राहुल शर्मा ,५ मा राजेन्द्रप्रसाद लिङ्देन , ६ मा बुद्धिराम भट्टराई , ८ मा विष्णु भट्टराई , ९ मा हरि चौंलागाई र १० मा रिमानध्वज लोक्तामलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको जनाइएको छ ।

Comments

ताजा खबर