आज भोटेकोशी गाउँपालिकाका अध्यक्ष पौडेलले दिए राजीनामा

२०७९, ११ बैशाख आईतवार १२:३८

काठमाडौँ: सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले पदबाट राजीनामा दिएका छन् । आइतबार पौडेलले गाउँपालिका अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

पौडेलले उपाध्यक्ष दाबुटी शेर्पासमक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामा स्वीकृत भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि अध्यक्ष पदमा उम्‍मेद्‌वारी दिनका लागि पदबाट राजीनामा दिएको पौडेलले बताए । नेपालको संविधान २०७२ धारा २९५ को उपधारा ८ (क) बमोजिम आजैको मितिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको बताए ।

Comments

ताजा खबर