उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हमाल भन्छन्, जनताले गठबन्धन गरेकै छैनन्

२०७९, ११ बैशाख आईतवार १२:३४

काठमाडौं: धनगढी उपमहानगरपालिको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले नागरिकले गठबन्धन नगरेको बताएका छन्। शनिबार उम्मेदवारी दर्ता गराउन निर्वाचन आयोग पुगेका हमालले सञ्चारकर्मीसँग कुराकानी गर्दै गठबन्धन नेताहरूले मात्र गरेको बताए।

उनले पाँच दलीय गठबन्धन देश र नागरिकको हितमा नभएको दाबी गरेका छन् । ‘यो गठबन्धन भनेको देश, समाज, वा भनौँ केही राम्रो काम गर्नका लागि भएको भए हामी पनि स्वागत गथ्र्यौं,’ उम्मेदवारी दर्ता गराउन बाजागाजासहित निर्वाचन आयोग पुगेको उनले भने, ‘तर यो गठबन्धनले बाँडिचुडी खाने कामबाहेक केही गर्नेवाला छैन।

धनगढीबासीले राखेको चाहानको प्रतिविम्ब हमालले आफू भएको बताएका छन्। उनले आफ्नो जित सुनिश्चित भएको पनि दाबी गरे।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु