स्वामित्वमा रहेको घरजग्गा बेच्दै महालक्ष्मी विकास बैंक, कसरी किन्ने ?

२०७८, १० चैत्र बिहीबार ०७:३१

काठमाडौं: महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न स्थानहरुमा रहेको अचल सम्पती बिक्रि गर्ने भएको छ । सोमबार एक सूचना प्रकाशन गर्दै बैंकको नाममा रहेको अचल सम्पत्ति बिक्रीको लागि १५ दिने गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।

बैंकको नाममा दर्ता रहेको विभिन्न अचल सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्धारा बिक्री गरिने भएको हुँदा यो गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको र उक्त अचल सम्पत्ति खरीद गरी लिन इच्छुक व्यक्तिहरुले सूचनामा उल्लेखित शर्तहरुको अधिनमा रहि गोप्य शिलबन्दी बोलपत्र दिन सकिने बैंकले जनाएको छ ।

शिलबन्दी बोलपत्र चैत्र २४ गतेसम्म बैंकको केन्द्रीय कार्यालय, काठमाण्डौ, दरबारमार्गस्थित कर्जा अशुली विभागमा कार्यालय समयभित्र प्राप्त भई सक्नु पर्नेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु