संस्थापक सेयर खरिद बिक्री निर्देशन, राष्ट्र बैंकले कारोबारमा कडाइ गर्यो

२०७८, १२ फाल्गुन बिहीबार ०८:०३

काठमाडौं: नेपाल राष्ट्र बैंकले संस्थापक सेयर खरिद बिक्रीमा कडाइ गरेको छ। मौद्रिक समीक्षामा घोषणा नगरिएपनि ‘हुलमुल’ मा निर्देशन ल्याएर संस्थापक सेयर खरिद बिक्रीमा कडाइ गरेको हो।

कुनै एक बैंक वा वित्तीय संस्थाको एक प्रतिशत वा त्योभन्दा बढी संस्थापक सेयर धारणा गर्ने वा धारणा गरेको सेयरधनीले त्यो संस्थाबाहेक अन्य कुनै बैंक वा वित्तीय संस्थाको जतिसुकै संस्थापक सेयर खरिद बिक्री गर्नुअघि राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने हुन्छ। अहिले यो व्यवस्था थिएन।

राष्ट्र बैंकले सेयर धितो ऋणमा पनि कडाइ गरेको छ। सेयर धितो ऋणमा बैंकहरुले राख्नुपर्ने जोखिम भारलाई बढाइ दिएको छ।

अहिले १०० प्रतिशत जोखिम भार राखे हुनेमा यसलाई बढाएर १५० प्रतिशत पुर्याइएको छ। यो नीति असारबाट लागू हुनेछ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु