कतार एयरवेजबाट पेरिस उडे चार्ल्स

२०७९, ८ पुष शुक्रबार १९:५९

काठमाडौं– फ्रान्सेली नागरिक चार्ल्स शोभराज कतार एयरवेजको जहाजबाट शुक्रबार पेरिसतर्फ प्रस्थान गरेका छन्।

उनी अध्यागमन विभागबाट शुक्रबार ५ बजे त्रिभुवन विमानस्थल गएका थिए। कतार एयरवेजको ६ बजेका लागि निर्धारित जहाजमा उनी उड्ने तय भएको थियो ।

उनलाई नै केही बेर प्रतीक्षा गरेको जहाज निर्धारित समयभन्दा २९ मिनेट ढिलो दोहातर्फ उडेको हो । उनी दोहा हुँदै पेरिसतर्फ उडेका हुन्। सर्वोच्च अदालतको आदेशपछि  कैदमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज शुक्रबार नै स्वदेश फर्किएका हुन् ।

उनलाई शुक्रबार नै केन्द्रीय कारागार रिहा गरी अध्यागमन लगिएको थियो ।

Comments

ताजा खबर