ताप्लेजुङमा एमालेका केन्द्रिय सचिव योगेश भट्टराई विजयी

२०७९, ७ मंसिर बुधबार १५:५०

काठमाडौँ- एक मात्र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा नेकपामा एमालेका केन्द्रिय सचिव योगेश भट्टराई विजयी भएका छन्।

भट्टराईले गठबन्धनकोतर्फबाट नेकपा माओवादी केन्द्रका उमेद्वार खेलप्रसाद बुडाक्षेत्रीलाई २ सय ८ मतले पछि पार्दै विजयी हासिल गरेका हुन्।

भट्टराईले २१ हजार ९ सय ४३ र बुडाक्षेत्रीले २१ हजार ७ सय ३५ मत प्राप्त गरेका हुन्। प्रतिनिधिसभाका लागि ताप्लेजुङमा २ स्वतन्त्र सहित ११ जना उमेद्वाहरु चुनावी मैदानमा रहका थिए । ८८ हजार २ सय ८५ जना मतदाता रहेको ताप्लेजुङमा ४८ हजार ३ सय ७२ मत खसेको थियो ।

भट्टराई २०७४ सालको निर्वाचनमा पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु