काठमाडौं । महामन्त्री विश्वप्रकाश झापा-१ मा झण्डै १० हजारको अग्रता लिइरहँदा अर्का महामन्त्री थापा काठमाडौं-४ बाट निर्वाचित भएका छन् । प्रदीप काठमाडौं- ५ बाट सांसद चुनिएका छन् ।
मंगलबार राति सकिएको मत गणनामा पौडेलले नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतान्तरले पराजित गरे । प्रदीपले १५ हजार २३७ मत पाउँदा निवर्तमान सांसद समेत रहेका पोखरेलले १० हजार १७५ मत मात्र पाए । पोखरेल, प्रतिनिधिसभा निर्वाचन–२०७९ मा हार व्यहोर्ने एमालेका पहिलो पदाधिकारी हुन् । पोखरेल एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरियताका नेता हुन् ।
दुई पटक यही क्षेत्रबाट सांसद भएका पोखरेल कोरोनाकालमा निकै विवादमा आएका थिए भने कांग्रेसका पौडेल परीक्षण नभएका नेता हुन् ।