मकवानपुरमा रुखको हाँगाले थिचेर एक जनाको मृत्यु

२०७८, ९ चैत्र बुधबार ०७:१०

मकवानपुर: मकवानपुरको पश्चिमी क्षेत्रमा अवस्थित मनहरी–६ मा हावाहुरीका कारण ढलेको रुखको हाँगाले थिचेर एक जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो चलेको हावाहुरीका कारण रुखको हाँगा भाँचिदा पैदल हिँडिरहेका एक पुरुषको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।

मृत्यु हुनेको पहिचान नखुलेको र घटनास्थल मनहरीबाट २ घण्टाको दूरीमा रहेकोले घटनाबारे अनुसन्धान पूरा भइनसकेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली अहिले घटनास्थलतर्फ गइसकेको छ। घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी जयश्वर रिमालले बताएका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु