बाग्लुङ समाज जापानले टोकियोमा दोश्रो खुला रनिङ कप पुरुष भलिबल प्रतियोगिता गर्ने ।

२०७८, ११ फाल्गुन बुधबार २१:३३

जापान । बाग्लुङ समाज जापानले अप्रिल ४ तारिखका दिन टोकियोमा दोश्रो खुला रनिङ कप पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ ।

फाइल फोटो

नेपालको राष्ट्रिय खेल भलिबललाई चैतेदसैंको अवसरमा प्रवाशमा रहेका खेलाडीहरु र खेलकुदको विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजित हुन लागेको जनाईएको छ । भलिबल प्रतियोगिता संचालन गर्नका लागि समाजले विभिन्न उप-समिति गठन गरी जिम्मेवारी बाडफाडका साथ प्रतियोगिताको तयारी थालेको कार्यवहाक अध्यक्ष यमकान्त कँडेलले बताउनुभयो । समाजले कार्यक्रम संयोजकको जिम्मेवारी कार्यसमिती सदस्य बसन्त थापालाई प्रदान गरेको छ भने कार्यक्रमको सम्पूर्ण ब्यवस्थापकिय जिम्मेवारी उपाध्यक्ष गुरु प्रसाद सापकोटालाई दिईएको महासचिब राजु केसिले जानकारी दिनुभयो । त्यसैगरी आर्थिक,प्रचार प्रसार स्वयम्सेवक तथा अतिथी ब्यवस्थापक लगायतमा पनि जिम्मेवारी बाडफाड गरी तयारी अगाडि बढाईएको जनाईएको छ। प्रतियोगितामा प्रथम हुने समुहलाई नगद २ लाख ८५ हजार ५ सय ५५ येन मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई नगद १ लाख ८५ हजार ५ सय ५५ येन मेडल र प्रमाण-पत्र तथा सेमिफाइनलिष्ट दुवै समूहलाई सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाण-पत्र प्रदान गरिने बताईएको छ । यसका साथै प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट स्पिकेर, बेष्ट डिफेण्डेर, बेष्ट लिफ्टर र बेष्ट कोचलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने बताईएको छ । प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहन सक्ने र खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने बताईएको छ । खेल टोकियोको सिन्जुकु कज्मिक सेन्टर(Shinjuku Cosmic Center) मा बिहान ९ बजे देखि खेल संचालन हुने समेत बताईएको छ । खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समूह ४० हजार येन तोकिएको छ।

Comments

ताजा खबर