कांग्रेसले एमसीसी सामान्य छलफलको क्रममै ह्वीप

२०७८, ११ फाल्गुन बुधबार १६:२७

काठमाडौँ: सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुका लागि ह्वीप जारी गरेको छ । एमसीसीमाथि सैद्धान्तिक छलफल हुने भएकाले बुधबार नै कांग्रेसले ह्वीप जारी गरेको हो ।

‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राख्ने र उक्त प्रस्ताव बहुमतले स्वीकृत गर्नुपर्ने भएकोले ह्वीप जारी गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले बताइन् ।
‘प्रतिनिधिसभामा एमसीसीसम्बन्धी प्रस्ताव आउने र त्यसलाई बहुमतले स्वीकृत गर्नुपर्ने भएकाले सांसदहरुलाई अनिवार्य उपस्थित हुन हामीले भनेका छौं,’ उनले भनिन्, ‘भोलि पनि महत्वपूर्ण बैठक भएकाले सबैलाई उपस्थित हुन भनिएको हो ।’

सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल गरेको छ । उक्त प्रस्तावलाई अगाडि बढाउन बिहीबार प्रतिनिधिसभा बैठक बोलाइएको छ । संसद्को सम्भावित कार्यसूचीमा पनि एमसीसीको विषय राखिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु