युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कनुपरेमा व्यवसायिक हवाई उडान हुने

२०७८, ११ फाल्गुन बुधबार १९:२९

काठमाडौँ: युक्रेनमा जारी तनावका बीच त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्कनुपरेमा व्यवसायिक हवाई उडान प्रयोग गरी फिर्ता हुन परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ । जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली नागरिकसँग सम्पर्क भएको र उनीहरू सकुशल रहेको बताएको छ ।

अत्यावश्यक परेका खण्डमा युक्रेनमा रहेका नेपाली नागरिकले सहजीकरणका लागि मस्को (रुस) र बर्लिन (जर्मनी)मा रहेका दूतावासका अधिकारीहरूलाई सम्पर्क गर्न भनिएको छ ।

त्यस्तै, अत्यावश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न नेपालीहरूलाई मन्त्रालयले आग्रह गरेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु