नेप्से १५ अंकले घट्दा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

२०७८, ११ फाल्गुन बुधबार १५:५२

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साताको चौंथो कारोबारको दिन बुधबार १५ अंकले गिरावट आएको छ । बुधबार नेप्सेमा १५.५० अंकले गिरावट आएको हो । बुधबार २७३५.९३ अंकबाट सुरु भएको परिसूचक बिन्दु बजार बन्द हुने बेला २७२०.४४ अंकमा ओर्लिएको छ ।

आजको कारोबारमा सेयर बजार परिसूचक ०.५७ प्रतिशतले घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ५.२२ अंक अर्थात १ प्रतिशतले घटेर ५१७.९४ अंकमा ओर्लिएको छ ।

साताको चौथो कारोबारको दिन आज २२८ कम्पनीको ३ अर्ब १३ करोड १२ लाख १० हजार २ सय ८२ रूपैयाँ बराबरको ६२ लाख ४७ हजार ७ सय ७४ कित्ता सेयर ४८ हजार ९ सय ११ पटक खरिद बिक्री भएको छ ।

बजार घट्दा आज कारोबार भएका कम्पनीहरूमध्ये ५८ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २८ कम्पनीको सेयर मूल्य घटेको छ ।

दिव्यश्वरी हाइड्रोपावर लिमिटेड तथा युनाइटेड आइडीआई आरबी हाइड्रो पावर लिमिटेडकोको सेयर मूल्यमा आज सर्किट ब्रेकर लागेको छ । आज कारोबार उच्च हुने अन्य कम्पनीहरूमा घेल्मदी हाइड्रो लिमिटेड, तेह्रथुम पावर कम्पनी, रूरू जलविद्युत परियोजना, सामलिङ पावर कम्पनी लगायत छन् ।

समूहगत परिसूचकतर्फ हाइड्रो क्षेत्र र म्युचल फण्ड बढ्दा अन्य परिसूचक घटेका छन् । आज हाइड्रो समूह १.०७ प्रतिशत तथा म्युचल फण्ड समूह ०.८४ प्रतिशतले बढेका छन् । आज गुमाउने पाँच कम्पनीमा प्रभु बैंक डिबेन्चर , नेपाल फाइनान्स लिमिटेड , सपोर्ट माइक्रो फाइनान्स लिमिटेड, गुँरास लघुवित्त तथा लक्ष्मी इक्वटी फण्ड रहेका छन् ।

Comments

ताजा खबर