प्रि ओपन सेसन अपडेटः साढे ३ अंक घट्यो नेप्से

२०७८, ११ फाल्गुन बुधबार ११:०४

काठमाडौं: बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार १७.४२ अंक बढेर २७३५.९३ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ३.४२ अंक घटेर २७३२.४८ विन्दुमा झरेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.२२ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ५ कम्पनीको १० लाख ४२ हजार ३९८ रुपैयाँ ८० पैसा बराबरको १ हजार १७६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ।

Comments

ताजा खबर