शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कसले दिने आवेदन?

२०७९, ८ जेष्ठ आईतवार १४:२८

काठमाडौं: शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न संस्था तथा व्यक्तिको नाममा भएको संस्थापक सेयर बिक्री गर्ने भएको छ ।बैंकले एशियन डिष्ट्रिब्यूटर्स प्रा.लि., ग्लोबल टे्रडिङ्ग कन्सर्न प्रा.लि. र सुधन भट्राइको नाममा रहेको १ लाख ८० हजार ८६६ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

जसमा एशियन डिष्ट्रिब्यूटर्सको ५३ हजार ५४ कित्ता, ग्लोबल टे्रडिङ्ग कन्सर्नको २२ हजार २२८ कित्ता र भट्टराइको नाममा भएको १ लाख ५ हजार ४७४ कित्ता सेयर बिक्री गर्न लागिएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयर धनीले अबको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बुटवलमा आवेदन दिन सक्नेछन् ।

उक्त सयम भित्र संस्थापकहरुबाट आवेदन नपरे अन्य योग्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरीने छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु