बलात्कार सम्बन्धि कानुन संशोधनको माग राख्दै नेविसंघले कानुनमन्त्री कोईरालालाई ज्ञापनपत्र बुझाउँदै

२०७९, ८ जेष्ठ आईतवार ११:०४

काठमाडौँ । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोईरालालाई ज्ञापन पत्र बुझाउँदैछ ।

नेपालको फौजदारी संहिता २०७४ मा व्यवस्था भए बमोजिम बलात्कारसम्बन्धी कानुनमा बलात्कारीविरुद्ध मुद्दा दर्तागर्न पाउने हदम्याद संशोधन गर्न तथा उक्त कानुनमा बलात्कारको परिभाषा प्रमाण संकलनमा सुधार गर्न माग राख्दै कानुन मन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागेको हो ।

हाल बलात्कारका घटनामा एक वर्षभित्र मात्र मुद्दा लाग्ने कानुन छ। यो प्राभवारी नभएको र यसलाई संशोधन गर्नुपर्ने नेविसंघको माग छ ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु