मधेशको प्रदेशसभा बैठक नबसेरै स्थगित

२०७८, ८ चैत्र मंगलवार १७:४७

जनकपुर ।  मधेश प्रदेशको प्रदेशसभा बैठक पछिल्लो चारपटक प्रदेशसभा बैठक नबसीकन फेरि  स्थगित  भएको छ।

फाइल फोटो

बुधबार दिउँसो १ बजे बोलाइएको बैठक शुक्रबार २ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जानकारी दिए। यसअघि फागुन २२ गते बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित भएको  जानकारी दियो।

प्रदेशसभाको बैठक फागुन १, १० र २२ गते बोलाइएको बैठक स्थगित गरिएको थियो। फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आएका थिए भने १० गते बोलाइएको बैठकका वेला सभामुख सरोजकुमार यादव सभामुखहरूको सम्मेलनमा पोखरा गएका थिए।

फागुन २२ गते बोलाइएको बैठक नेपाली कांग्रेसको अधिवेशन चलिरहेको र गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतका व्यक्ति मधेश प्रदेशको भ्रमणका क्रममा रहेकाले स्थगित गरिएको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु