एमसिसीबिरोधी प्रदर्शनमा तोडफोड भएको पसलमा प्रशासनको चासो

२०७८, १० फाल्गुन मंगलवार १९:२३

काठमाडौँएमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी प्रहरीबीच झडप हुँदा तोडफोड भएको पसलमा सरकारको चासो देखिएको छ।

आइतबार एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी प्रहरीबीच झडप हुँदा बुद्धनगरकी जानकी श्रेष्ठको कपडा पसलमा क्षति पुगेको थियो।

प्रदर्शनकारीहरुले पाँच जना प्रहरीलाई घेरा हालेर ढुंगामुढा हान्ने क्रममा श्रेष्ठको पसलमा क्षति पुगेको थियो।

प्रहरीलाई बचाउने क्रममा पसलमा क्षति पुगेपछि सरकारले चासो देखाएको हो।

मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी ब्याबसायी श्रेष्ठको पसल पुगेकाथिए।

अनुगमनका क्रममा उनीहरुले पसलमा भएको क्षतिको विवरण संकलन गर्नुका साथै उचित क्षतिपूर्ति दिनका लागि गृह मन्त्रालयलाई आग्रह गर्नेसमेत आश्वासन दिएका छन्।

यसअघि मंगलबारै काठमाडौं महानगरपालिका उपमेयर हरिप्रभा खड्गी नेतृत्वको टोली पनि श्रेष्ठको पसलमा पुगेर क्षति विवरण लिएको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु