प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा

२०७८, १० फाल्गुन मंगलवार १९:०५

काठमाडौँप्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।

एमसिसीको विषयले सत्ता गठबन्धन धाँजा फाँटेको ओली गठबन्धन टुटाउन लागिरहेको अवस्थामा दुई नेताबीच भइरहेको भेटलाई महत्वकासाथ हेरिएको छ। ओलीले उपाध्यक्ष विष्णु पौडेललाई पनि भेटवार्तामा सहभागी गराएका छन्।

यसअघि शुक्रबार साँझ देउवा आफैँ बालकोट पुगेर ओलीसँग छलफल गरेका थिए।

गठबन्धनमा रहेका माओवादी केन्द्र एकीकृत समाजवादीले एमसिसी पारित गर्न कांग्रेसलाई साथ नदिने भएपनि देउवाले विकल्प खोजिरहेकाछन्। कांग्रेस एमालेबीच एमसिसी पारित गरेर अघि बढ्ने विषयमा कुरा भइरहेको छ।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु