अवैध कल सेन्टर, एक चिनियाँसहित ८० जना पक्राउ

२०७८, १० फाल्गुन मंगलवार १७:१४

भक्तपुर: प्रहरीले अवैध कल सेन्टर संचालन गर्ने एक चिनियाँसहित ८० पक्राउ गरेका छ । चिनियाँ नागरिक वाग्जिनाउसहित नेपाली युवायुवती पक्राउ परेका हुन् ।

वाग्जिनाउ केही समयदेखि सन सिटी अपार्टमेन्टमा बस्दै आइरहेका थिए । उनले अपार्टमेन्टबाटै कल सेन्टर संचालन गर्ने गरेकाे पाइएकाे हाे। प्रहरीकाअनुसार भारतीय मुलका युवायुवतीहरुलाई छोटो समयको लागि कुनै सिस्टममार्फत सानो सानो मात्रामा ऋण लगानी गरी उक्त ऋणको निश्‍चित ब्याज सहित तोकिएको समय भित्र उठाउन ऋणीहरुलाई कल सेन्टरमार्फत सम्पर्कमा ल्याउने गरेका थिए । ऋण नतिरे थर्काउने, गाली गर्ने, धम्काउने जस्ता कार्य सञ्चालन गर्न नेपाली युवा युवतीहरु प्रयोग गर्ने गरेकाे पाइएकाे महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।

कल सेन्टर सञ्चालन गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा सानोठिमी स्थित उक्त कार्य हुने घरमा छापा मार्दा ३ तले घर भाडामा लिई उक्त कार्य संचालन गरिरहेकाहरु पक्राउ गरिएकाे परिसरका डिएसपी राजु पाण्डेले जानकारी दिए।

कल सेन्टर सञ्चालन गर्न प्रयोग भएका उपकरणहरुसमेत बरामद गरिएके उनके भनाइ छ । उनले डेस्कटप कम्प्युटर १४ थान, ल्याप्टप ४८ थान र आइप्याड २ थान समेत नियन्त्रणमा लिईएको बताए।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु