नेप्से १७ अंकले बढ्यो, २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

२०७८, १० फाल्गुन मंगलवार १६:४६

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तेस्रो कारोबारको दिन मंगलबार १७ अंकले बढेको छ । साताको दोस्रो दिनको कारोबारमा नेप्से १७.४२ अंकले बढेको हो । पहिलो कारोबारको दिन आइतबार ३९ अंकले घटेको बजार सोमबार २५ अंकले बढेको थियो ।

मंगलबार २७१८.५१ अंकबाट सुरु भएको परिसूचक बिन्दु बजार बन्द हुने बेला २७३५.९३ अंकमा उक्लिएको छ। आजको कारोबारमा सेयर बजार परिसूचक ०.६४ प्रतिशतले बढेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ४.३६ अंक अर्थात ०.८४ प्रतिशतले बढेर ५२३.१५ अंकमा उक्लिएको छ ।

मंगलबारको कारोबारमा २२८ कम्पनीको ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८ सय २२ रूपैयाँ बराबरको ६० लाख ८१ हजार ६ सय २ कित्ता सेयर ४८ हजार १ सय ९५ पटक खरिद बिक्री भएको छ । सोमबारको तुलनामा आज कारोबार रकम केही बढेको छ । सोमबार २ अर्ब ९९ करोड बराबरको सेयर खरिद बिक्री भएको थियो ।

बढ्दो बजारमा आज कारोबार भएका कम्पनीहरूमध्ये १ सय ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५० कम्पनीको सेयर मूल्य घटेको छ ।

मंगलबार मैलुङ खोला जलविद्युत कम्पनी तथा युनाइटेड आइडिया मार्दी आरबी हाइड्रो पावरको सेयर मूल्यमा आज सर्किट ब्रेकर लागेको छ ।

आज कारोबार उच्च हुने अन्य कम्पनीहरूमा सामलिङ पावर कम्पनी, तेह्रथुम पावर कम्पनी, कर्पोरेट डेभलोमेन्ट बैंक, बरूण हाइड्रो पावर लगायतक कम्पनीहरू रहेका छन् ।

समूहगत परिसूचकतर्फ आज कारोबार भएका म्यानिफ्याक्चरिङ एण्ड प्रोडक्सन तथा इन्भेष्टमेन्ट बाहेक अन्य समूह परिसूचकहरू सेयर मूल्य बढेको छ ।

आज गुमाउने पाँच कम्पनीमा सिभिल लघुवित्त, नेपाल हाइड्रो डेभलोपर्स, मेगा म्युचल फण्ड, प्रिमियर लाइफ इन्सोरेन्स तथा समिट लघुवित्त रहेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु