मधेस प्रदेशको प्रदेशसभा बैठक २२ फागुनसम्म स्थगित

२०७८, १० फाल्गुन मंगलवार ११:४८

काठमाडौं मधेस प्रदेशको मंगलबार बस्ने भनिएको प्रदेशसभा बैठक २२ फागुनसम्मका लागि स्थगित भएको छ । यसअघि १ फागुनका लागि तय गरिएको बैठक स्थगित गरी १० फागुनमा बोलाइएको थियो ।

फाइल फोटो
नेपाली कांग्रेसको जिल्ला अधिवेशन, सभामुखको पोखरा भेला र प्रदेशसभा भवन जाने बाटो मरम्मत भइरहेकोले आवतजावतमा समस्या भएको भन्दै आज बस्ने भनिएको बैठक स्थगित गरिएको सभामुख सरोजकुमार यादवले जानकारी दिए । 

त्यस्तै, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह पनि पारिवारिक भ्रमणमा भारत गएका छन् । प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल गर्न १० फागुनका लागि बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।

सञ्चारमन्त्री साहले गत २६ माघमा पेस गरेको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी प्रस्तावका बारेमा छलफल गर्न प्रदेश सभाको बैठक मंगलबार अपराह्न २ बजेका लागि बोलाइएको थियो । गत १ फागुनमा सो विषयमा छलफल गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै स्थगित भएको बैठक आज पुनः सुरु हुने तय भएको थियो । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु