प्रि ओपन सेसन : साढे सात लागि बढीको शेयर कारोबार, २२ कम्पनी कारोबारमा

२०७८, १० फाल्गुन मंगलवार ११:३५

काठमाडौं साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेको छ।

फाइल फोटो

अघिल्लो कारोबार दिन अर्थात सोमबार २५.४१ अंक बढेर २७१८.५१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.३७ अंक बढेर २७१९.८९ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा २२ कम्पनीको ७ लाख ८९ हजार ९९१ रुपैयाँ बराबरको १ हजार ७३७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७  कम्पनीको शेयरमूलय बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु