मेयर तामाङले दिए राजीनामा

२०७९, ८ बैशाख बिहीबार १५:२५

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले पदबाट राजीनामा दिएका छन् । २०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी बनेका तामाङले आज राजीनामा दिएका हुन् । मेयर तामाङले उपमेयर जानुका पराजुली समक्ष राजीनामा पेश गरेका हुन् । तामाङले पदबाट राजीनामा दिदैं आफूले नगरपालिकाबाट लिएकाे सबै सुविधा फिर्ता गरेका छन् । उनले प्रयाेग गरेकाे गाडी, आवास तथा मोबाइल फोन समेत फिर्ता गरेका हुन् ।

आउँदो वैशाख ३० गते हुने निर्वाचनमा उनी फेरि मेयर पदमा पार्टीबाट सिफारिस भएका छन् । मेयर तामाङले फेरि निर्वाचनमा उठ्ने दाबी गरिरहेका छन् । निर्वाचन आयोगको प्रावधानअनुसार आउँदो निर्वाचनमा उम्मेदवारी दर्ता गराउने जनप्रतिनिधिले राजीनामा दिनुपर्नेछ ।

Comments

ताजा खबर