माधब नेपाल भन्दा ओलि नै ठिक – झलनाथ खनाल

२०७८, ९ फाल्गुन सोमबार ०९:४३

काठमाडौं: नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आजको संसद बैठकको निर्णयमा आपत्ति जनाएका छन् । आजको संसद् बैठकमा एमसिसी टेबल गर्ने शीर्ष नेताहरूको निर्णयप्रति उनले कडा आपत्ति जनाएका हुन् ।
खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोपसमेत लगाए ।
संसदमा एमसिसी टेबल गर्ने राष्ट्रघाती कदम भएको उनको भनाइ छ । खनालले एमसीसी टेबुल हुने बेला संसदमै नाराबाजी समेत गरेका थिए । एमसीसी संसदमा टेबल गर्ने सहमती पछि प्रतिक्रिया दिँदै खनालले भने ‘कहाँ टेबल गर्छन् अरे, उनीहरूको भान्छा घरमारु संसद् त चल्दैन कहाँबाट टेबल हुन्छरु, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन ।’

स्रोतका अनुसार खनालले नयाँ पार्टी गठनको तयारी गरेका छन् । माधव नेपालको एकलौटी र राष्ट्रघाती कदममा साथ दिएको भन्दै रुष्ट बनेका खनालले माधवभन्दा त ओली नै ठिक भएको प्रतिक्रिया निकटस्थहरुलाई दिएका छन् ।

विश्वस्त स्रोतका अनुसार खनालले भीम रावल, घनश्याम भुसालसहितलाई लिएर आफ्नो नेतृत्वमा नयाँ दल खोल्ने तयारी गरेका छन् ।

Comments

ताजा खबर