रवि लामिछानेले प्रदेश सभा सदस्यमा मत खसालेनन्

२०७९, ४ मंसिर आईतवार १८:१३

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा मात्रै मतदान गरेका थिए। उनले आइतबार बिहान काठमाडौँको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका हुन्।

सभापति लामिछानेले प्रदेश सभा सदस्यमा भने मत खसालेनन्। अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म मत आफू सहभागी नहुने उनको भनाइ थियो।

लामिछानेले भने, ‘प्रदेश संरचनामा हामीले प्रश्न उठाएका छौँ। हाम्रो चुनाव चिन्ह पनि छैन, हामी सहभागी छैनौँ। खारेजीको कुरा होइन, गरेका छैनौँ तर सुधारौँ। हामीले सोचेजस्तो देश र जनताको हितमा भए मात्रै हामी सहभागी हुन्छौँ। हामीले जितेमा देशमा समृद्धि र सुशासन छाउनेछ। नागरिकले दुःख पाउने छैनन्। अन्य मुलुकजस्तै यो मुलुक पनि समृद्ध हुनेछ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु