बाँके केन्द्रबिन्दु भएर ४.८ म्याग्नेच्युडको भूकम्प

२०७९, ४ भाद्र शनिबार ०८:३८

क्षतिकाे विवरण प्राप्त नभएको र बढी पहाडी क्षेत्रमा धक्काकाे प्रभाव परेकाले क्षति भएको अनुमान गरिएकाे छ

पाल्पा, ४ भदौ । गए राति १:२८ बजे भूकम्प गएको छ । बाँकेको गुलरिया आसपासमा केन्द्र बिन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ४.८ म्याग्नेच्युडको भूकम्पले बाँके, बर्दिया, दाङ, सल्यान, राेल्पा, रकुम पुर्व, रुकुम पश्चिम, कपिलवस्तु, रुपन्देही सहित पश्चिम नेपालका अधिकांश जिल्ला र भारतको लखनउ क्षेत्रसम्म धक्का महसुस भएको भुकम्प मापन केन्द्रले जनाएको छ।

भुकम्पबाट अहिलेसम्म कहिकतै केही क्षतिकाे विवरण प्राप्त नभएको र बढी पहाडी क्षेत्रमा धक्काकाे प्रभाव परेकाले क्षति भएको अनुमान गरिएकाे मापन केन्द्रले जनाएको छ।

Comments

ताजा खबर