बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार १३.३७ अंक बढेर २३५७.२४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.२२ अंक बढेर २३६४.४७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ६ स्टकको ३ लाख ८४ हजार ६०९ रुपैयाँ बराबरको १ हजार ४४२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ वटै स्टकको मूल्य बढेको छ।
Comments