मौसम पूर्वानुमान महाशाखाले,कुन क्षेत्रमा आज बदली र वर्षाको सम्भावना जनयो ?

२०७९, ७ बैशाख बुधबार ०७:२१

काठमाडौँ – पहाडीसहित देशका केही स्थानको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो ।

अहिले प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा छ। प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ ।

बुधबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ।

राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ।

यसैबीच तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु