प्रचण्डले किन सकेनन् स्वस्थ राजनिति गर्न !

२०७८, ६ चैत्र आईतवार ०९:४६

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी कार्यक्रमको समाचार संकलन गर्न गएका बेला पत्रकार बुद्ध कुमार अछामीलाई पक्राउ गरिएको भन्दै प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ ।

शनिवार माओवादी अध्यक्ष प्रचण्ड पार्टी कार्यालय उद्घाटनका लागि सिन्धुली पुगेका थिए । त्यस क्रममा विगतमा माओवादी जनयुद्धमा सहभागी भएका तर नेकपा विभाजनपछि नेकपा एमालेमा रहेका द्वन्द्व पीडित, घाइते, अपाङ्ग र बेपत्ता परिवारका सदस्यहरूले कालो झन्डा देखाएर विरोध गर्ने क्रममा अछामीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रेस चौतारीका महासचिव हिरामान लामाले प्रेस विज्ञप्ति जारी गर्दै सोही विरोध कार्यक्रमको समाचार संकलन गर्ने क्रममा प्रेस चौतारी नेपालका नेता अछामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अछामी पनि विगतमा माओवादी आबद्ध थिए । उनी पछिल्लो समय एमाले निकट प्रेस चौतारीमा समाहित भएका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु